बुधबार ०५ माघ २०७८

२० साउन, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाले निर्माण गर्दै गरेको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को निर्माण कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले रक्षा मन्त्रालयका निमित्त सचिव आलोकचन्द्र श्रेष्ठ र रथी प्रभुुराम शर्मालाई मङ्गलबार बालुवाटार बोलाएर सम्बन्धित निकायसँग समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले दु्रतमार्गको प्रगतिका बारेमा जानकारी लिएका थिए । प्रधानमन्त्रीलाई द्रुतमार्गको निर्माण कार्यमा हालसम्म भएका प्रगतिका विषयमा अवगत गराइएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिए । नेपाल टाईम्स


Last Updated on: August 4th, 2021 at 8:05 am
६६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया