शनिबार ०८ माघ २०७८

काठमाडौं- आइसियु नपाएर बुहारीको दुखद निधन भएपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सरकारसँग आक्रोशित बनेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै आक्रोश पोखेका हुन् ।

कोरोना विरुद्धको लडाइँमा सरकारले गैरजिम्‍मेवार र नालायकीपन देखाएको महामारीको बेलामा गर्न सक्‍ने काम पनि नगरेको भन्‍दै अब सबैजनाले आ(आफ्नो तर्फबाट कोभिडविरुद्धको लडाइँमा पहल गर्नु पर्ने बताएका हुन ।

उनले भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै म रिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेको छ ।’

तेस्तै , थाहा नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र स्वास्थ्य चौकी बज्रवाराहीमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । पोजेटिभ देखिए स्वास्थ्य संस्थाले बिरामीलाई औषधि लेखेर केही निर्देशन सहित घर पठाउँछ । स्वास्थ्य केन्द्र बाहिर तयारी अवस्थामा रहेको एम्बुलेन्सले बिरामीलाई घरमा लगेर छोडिदिन्छ ।

बुधबार थाहा–३ का राजेन्द्र विष्ट केही दिनदेखि ज्वरो नघटेका कारण स्वास्थ्य केन्द्र जानुभयो । स्वास्थ्य केन्द्रमा उहाँ सहित अन्य १० बिरामी पनि पुगेका थिए । सबैको एन्टिजेन परीक्षण गर्दा एक जनाबाहेक सबैमा पोजिटिभ देखियो । अहिले बिष्ट घर आइसोलेशनमा हुनुहुन्छ ।

नगरपालिकामा यही वैशाख १० गतेदेखि हालसम्म १६३ जनामा कोरोना सङ्क्रमण देखिएकोमा सबैलाई घरमै बस्न भनिएको छ । डाक्टरले उनीहरु सबैलाई ‘प्रेस्कृप्सन’मा ‘होम आइसोलेट’ लेखिदिएको सङ्क्रमितले बताएका छन् । ती सङ्क्रमित मध्ये दुई जनाको मृत्यु भएको, आठ जना निको भएको,

छ जनालाई थप उपचारको लागि हेटौँडा पठाएको र बाँकी सबै घर आइसोलेशनमा रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले व्यवस्था गरेको सामुदायिक आइसोलेशनमा भने एक जनालाई पनि पठाइएको छैन ।

गत वर्षदेखि क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको थाहा–६ स्थित सामुदायिक भवनमा नगरपालिकाले आइसोलेशन कक्ष स्थापना गरेको छ । बीस श्ययाको उक्त आइसोलेशन तयार भइसकेको र सङ्क्रमितको उपचारको लागि विशेषज्ञसहितको स्वास्थ्य टोली पनि तयार रहेको नगरपालिका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले जानकारी दिनुभयो ।


Last Updated on: May 13th, 2021 at 5:20 pm
३८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया