शनिबार ०८ माघ २०७८

मध्यपश्चिम विश्वविद्यालयमा संयुक्त विद्यार्थी संगठनले बुधबारदेखि रिले अनशन शुरु गरेका छन् । विद्यार्थीले राखेको १८ बुँदे मागको विश्वविद्यालयले बेवास्ता गरेको भन्दै अनिश्चितकालका लागि रिले अनशन शुरु गरेका हुन् ।

विद्यार्थीहरुले आफुहरुले राखेको माग सम्बोधन गर्न विश्वविद्यालयले चासो नदेखाएको भन्दै चरणबद्ध आन्दोलनका क्रममा बुधबार रिले अनशन शुरु गरेका हुन् ।
विद्यार्थीसँगै प्राध्यापकहरू पनि आन्दोलनमै उत्रिएका छन् ।

विशेषगरी उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरूले असन्तुष्ट जनाइरहेका छन् ।  आन्दोलनका कारण विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरु सञ्चालन हुन् सकिरहेका छैनन् भने पठन–पाठनमा अवरोध सिर्जना भइरहेको छ । 

एकातिर विद्यार्थीले अनलाइन परीक्षाको माग गरिरहँदा विश्वविद्यालय भने कुनै हालतमा अनलाइनको माध्यामबाट परीक्षा सञ्चालन नगर्ने बताउँदै आएको छ ।  विद्यार्थी नेतृ ममता अधिकारीले विश्वविद्यालयले विद्यार्थीका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने बताइन् ।

उनले भनिन्, ‘यदि अनलाइन परीक्षा गर्न सकिँदैन भने हाम्रा अन्य १७ वटा माग पुरा गर्छौँ भनेर विज्ञप्ति नै निकाल्नुपर्यो । अनि मात्र आन्दोलन रोकिन्छ ।’  विश्वविद्यालय प्रशासनले भने विद्यार्थी संगठनहरुसँग वार्ता भइरहेको जनाएको छ । साभार- रातोपाटी बाट


Last Updated on: August 4th, 2021 at 9:37 pm
३२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया