बुधबार १२ माघ २०७८

दैलेख :कर्णालीका एक इतिहास हुन्, दलवीरसिंह कामी। जसले ३ कक्षासम्म पढे। तर, आफ्नो ज्ञान र सीपले झोलुंगे पुल निर्माणमा इन्जिनियरसरह बने।

उनको क्ष,मताको कदर गर्दै जिल्ला पञ्चायतमा सब–ओभरसियरको जागिर दिइयो। उनै इतिहास गु`म`नाम प्रायः छन्। उनको मृ’त्यु ४८ वर्षदेखि रहस्यमै छ। उनको जन्म दैलेखको गुराँस–४ रतीखोलामा विसं १९७८ मा भएको थियो।

उनी फलामका सामान बनाउँथे। पछि बुवासँगै सुर्खेत झरे। सुर्खेतमा आरन चलाए। उनले भेरी नदीमा पुल नहुँदा गाउँलेले भो’गिरहेको सास्ती नियालिरहेका थिए।

त्यही भएर २०१९ सालतिर झोलुंगे पुल बनाउन सुर कसे। आफू धनी भएर होइन, भेरीमा पुलको आवश्यकता ठा’नेर। उनले आफ्नो सीप उपयोग गर्दै निर्माण सामग्री तयार पारे। जसमा लामो फलामे साङ्लो, छोटो तार र अन्य सामग्री थिए। त्यसमा गाउँलेले सहयोग गरे।

पुलमा हिँड्न स–साना फल्याक राखियो। दायाँ–बायाँ बलियो गरी तारहरू बाँधियो। अनि झोलुंगे पुल तयार भयो। उनले सुर्खेतको रानीघा’टमा पहिलो पुल बनाएको जानकार बताउँछन्। सुर्खेतकै उत्तरगंगास्थित भेरी नदीमा २०२० सालको सुरुवातमा करिब ४ सय ३५ फिट लामो झोलुंगे बनाए।

सुर्खेतकै रामघा’टमा पनि पुल बनाएको इतिहास फोटोग्रा’फर सुनील उलकले संकलन गरेका छन्। त्यसपछि दलवीरमा पुल बनाउने ‘पागलपन’ नै चढ्यो। चिंगाड खोलामा पनि पुल तयार भयो। ठाउँ–ठाउँमा पुल बनाउँदै गर्दा स्थानीयले साथ र हौसला दिन्थे।

पुल तयार भएपछि नागरिकलाई धेरै आवत–जावत गर्न सहज भयो। तत्कालीन अवस्थामा नेपालका विभिन्न स्थानमा बनेका पुलहरूको इतिहास खोजी गर्ने क्रममा दलवीरका बारेमा पत्ता लागेको उलक बताउँछन्। ‘नेपालका पुलहरूका बारेमा खोजी गरिरहँदा दैलेखमा बनेका पुलहरूको इतिहास फेला पर्‍यो।

त्यही क्रममा दलवीरको नाम पनि जोडियो’, उलक भन्छन्, ‘अमेरिकाका एलेन फेयरबैंकले दलवीरसँगै झोलुंगे पुल बनाएका रहेछन्। उनै एलेनबाट दलवीरका धेरै फोटोहरू मैले प्राप्त गरेको हुँ।’ अन्नपूर्ण पोस्ट


Last Updated on: August 5th, 2021 at 1:11 pm
६६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया