सोमबार १० माघ २०७८

मेस्सीले बार्सिलोना छाड्ने भएका छन् । तर उनले क्लबाट हासिल गरेको उपलब्धिको रेकर्ड दशकौँसम्म कायम रहनसक्छ ।

उनले बार्साबाट ३० वटा उपाधि जितेका छन् । 
यसक्रममा सर्वाधिक ६ पटक बालोन डि’ओर जित्ने इतिहास पनि राखेका छन् ।

उनले १० पटक लिगा र ४ पटक च्याम्पियन्स लिग जितेका छन् । मेस्सीले बार्साबाट जितेको अन्तिम उपाधि २०२०-२१ को कोपा डेल रे हो ।

एथलेटिक क्लबविरूद्वको फाइनलमा उनले २ गोल गरेका थिए ।
बार्साको इतिहासमा यति धेरै उपाधि र अवार्ड कसैले जितेको छैन । साभार – रातोपाटी


Last Updated on: August 6th, 2021 at 7:40 am
५०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया