शनिबार ०८ माघ २०७८

लामो समय सरकारी सेवामा रहेर अवकाशमा गएका उपसचिव प्रेम सञ्जेलले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन्।

आफूलाई भ्रष्टाचार विरोधी कर्मचारीका रुपमा परिचित गराएका उनले सेवा निवृत्त भएपछि पनि सहयोगी हात फैल्याएका हुन्। करिब ४० वर्ष सरकारी सेवा गरेकाउनले

(प्रेमप्रसाद सञ्जेल र डा. विनिता सञ्जेल फाउण्डेशन ) विराटनगरको तर्फबाट क्रिकेट रंगशाला बनाउन एक लाख एक रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।

उनले सरकारी सेवामा रहँदा ‘तपाईंले किनेको चिया मेरो लागि, तपाईंको रगत खाए बराबर हो, अत: मलाई चिया खान जाऊँ भनी अफ्ट्यारोमा नपर्नुस्’ जस्ता भ्र,ष्टाचार विरोधी नाराहरु चर्चामा ल्याएका थिए।

पूर्व वरिष्ठ श्रम अधिकृत सञ्जेलले उक्त सहयोग गरेपछि धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेले प्रशंसा गरेका छन्। कोरोना संक्र,मणको सं,कट बढेपछि

उक्त रंगशाला निर्माण पूरा गर्न फाउन्डेसनलाई चु,नौती बढेको छ। तर सं,कटबीच पनि सहयोग जुटिरहेको उनले बताएका छन्। नेपाल खबर बाट


Last Updated on: August 6th, 2021 at 8:12 pm
४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया