सोमबार १० माघ २०७८

२४ साउन, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो ।

किरणले उपाधि जितेसंगै,पुर्ब झापाको शरणार्थी क्याम्प लाई एउटा एम्बुलेन्स र पश्चिम कुनै ठाउँ लाई एउटा एम्बुलेन्स दिने भएको छन, मैले जितेको रकम बाट मात्रै १००० आमालाई दिनेछु, बाकि यहि समाजको लागि खर्च गर्ने बताए, भुटानिज म्युजिक एसोसिएसनले यसमा सहयोग गर्ने जानकारी दिए , संस्थाको सहयोग र उनले जितेको रकम बाट एम्बुलेन्स वितरण गर्ने जनाए।


Last Updated on: August 8th, 2021 at 7:51 am
८४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया