शनिबार ०८ माघ २०७८

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वि`रोध गर्नेहरूले जता पनि भ्र`ष्टाचार देखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्रीको शपथ लिएर सिंहदरबारमा पदभार ग्रहण गर्न पुगेका ओलीले मन्त्री र सचिवहरूलाई निर्देशन दिने क्रममा को`रोना भा`इरसवि`रुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा सरकारका प्रयासमा भ्र`ष्टाचार देख्ने गरेको बताए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री ओलीले कोरोनाविरु`द्ध लड्नुपर्ने बेला मुलुकमा अस्वस्थ र अनुचित क्रियाकलाप भइरहेको पनि बताए । ‘कोभिड- १९ विरुद्ध एकजुट भएर लड्नुपर्ने बेलामा अस्वस्थ र अनुचित प्रयास भए । सरकारले गरेका प्रयास असफल पार्न खोज्ने, भ्रमपूर्ण ढंगले प्रचार गर्ने र जण्डिसको बिरामीले जता पनि पहेँलो देख्नेजस्तो जता पनि भ्रष्टाचार देख्ने र काम गर्ने संस्था, व्यक्तिहरूलाई काम गर्न हतो`त्साहित गर्ने प्रवृति भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने ।

कोरोना भाइरस नियन्त्रण, संक्रमितको उपचारलगायतका लागि खरिद गरिएका स्वास्थ्य सामग्री, औषधिलगायतमा भ्र`ष्टाचार र अनियमितता भएमा सरकारले कडा कार`बाही गर्ने पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘मावनजातिको अस्तित्वमाथि चुनौ`ति लिएर कोभिड- १९ आइरहेको बेलामा उपचार, रोकथाम, उपचारजन्य कुरा अवथा स्वास्थ्य सेवा उपलब्ध गराउने सन्दर्भमा भ्रष्टा`चार कसैले गर्छ वा अनुचित लाभ लिन खोज्छ भने त्यस्ता तत्वहरूमाथि कडा कारबाही गर्छ सरकारले भनेर मैले भनिरहेको छु,’ उनले भने ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सम्पूर्ण सामर्थ्य लगाउने ओलीको भनाइ थियो । उनले सरकारले राज्यका सम्पूर्ण अंग र सामर्थ्यलाई कोरोना भा`इरसविरु`द्ध लगाउने बताए ।

निजी र सरकारी अस्पताललाई अहिलेको संकटको बेलामा सेवा गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् । उनले निजी अस्पतालहरूलाई आग्रह गर्दै भने, ‘सेवाको भावना संकटका बेला, महामा`रीका बेला जरुरी पर्छ ।’मुलुकमा रहेका सबै अक्सिजन डिपोहरू पूर्ण क्षमतामा चल्नुपर्ने ओलीको भनाइ थियो ।

पछिल्लो समय खोप खरिदमा कमिसनका कारण ढिलाइ भएको भन्ने समाचार सार्वजनिक भएको विषय र अक्सिजनका कारण कोरोना बाट मृ`त्यु भइरहेको विषयलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफ्ना धारणा राखेका हुन् । कान्तिपुर बाट


Last Updated on: May 15th, 2021 at 6:33 am
४५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया