बुधबार ०५ माघ २०७८

जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो च’रेशसहित एक नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भे १ ज ९०७ नम्बरको बोलेरो जीपमा च’रेश ल्याइएको जानकारीका आधारमा प्रहरीले खानतलासी गर्दा ३१ वर्षीय भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने उबेद खानलाई आज भेरी नगरपालिका–४ बाट प्र’क्राउ गरिएको हो ।

भारतीय नागरिक अहमदलाई झोलामा लुकाइ राखेको एक किलो चरेश र उनको साथबाट रु ४५ हजार ५०० भारतीय रुपैयाँ र स्क्रिन टच मोबाइल एक थान, आधार कार्ड तथा नेपाली नागरिक उबेद खानको साथबाट नेपाली रुपैयाँ पाँच हजार भेटिएको प्रहरीले जनाएको छ ।

यो पनि ,
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यी तिन जनाबाट प्रहरीले बरामत गर्यो ९ लाख ९३ हजार रुपैयाँ जा’ली नोट

साउन । ईशनाथ नगरपालिका-४ कालिमन्दिर नजिकबाट ९ लाख ९३ हजार रुपैयाँ जा’ली नोट सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनुषा बट्टेश्वर गाउँपालिका-४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका-९ बन्द्रा पशुपतिनगर बस्ने ३० वर्षीय रन्जित महतो र महोत्तरी भङ्गाह नगरपालिका-४ प्रेमनगर बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नेपाली रुपैयाँ १ हजार दरको उक्त जा’ली नोट सहित फेला पारी प’क्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
साभार: ताजाखबर


Last Updated on: August 10th, 2021 at 6:02 am
३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया