बुधबार ०५ माघ २०७८

काठमाडौं । दैलेखका एक युवाले आफ्नो शरीरमा देउता चढेको बहानामा श्रीमतीलाई चरम यातना दिएका छन् । भैरवी गाउँपालिका ५ गौरीसल्लाका दीपक नेपालीले तातोपानी खन्याउँदै अगुल्टोले झोसेर सुत्केरीपन्ती हस्तना दमाईलाई ग’म्भीर घा’इते बनाएका छन् ।

चार महिनाकी सुत्केरी २६ वर्षीया हस्तनाको जिल्ला अस्पतालमा दैलेखमा उपचार भइरहेको छ । ‘आफूमा देउता चढेको भन्दै श्रीमान्ले ढाड र अनुहारमा अगुल्टो झोस्ने र तातोपानी खन्याउने गर्न थालेपछि गुहार माग्दै भागेँ,’ उनले भनिन् । घा’इ’ते उनलाई छिमेकीले उपचारका लागि स्थानीय मेडिकलमा पुर्याएका थिए ।

घ’ट’ना’बारे थाहा पाएपछि डाँडामाडी चौ’कीबाट पुगेका प्रहरीले थप उपचारका लागि दैलेख अस्पताल पुर्याएका हुन् । हस्तनको शरीरको १३ प्रतिशत भाग जलेको दैलेख अस्पतालका डा.जगत थापाले जानकारी दिए । ‘हस्तनाको स्वास्थ्य सुधारोन्मुख र ख’त’रा’मु’क्त छ, उपचार यहीँ सम्भव छ,’ डा. थापाले भने

श्रीमतीलाई घा’इ’ते बनाएर फ’रा’र भएका दीपकलाई जिल्ला प्रहरी कार्यालय दैलेखले प’क्रा’उ गरेको छ। दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार उनलाई जिल्ला अदालत दैलेखबाट १० दिन म्याद थप गरेर अ’नु’स’न्धान थालिएको छ ।

हस्तनाकी आमा पाना दमाईँले दीपकविरु’द्ध का’रबा’हीको माग गर्दै जा’हेरी दिएकी छिन् । पाँच वर्षअघि विवाह गरेका उनीहरुलाई दुई सन्तान छन् ।इमेजखबर


Last Updated on: August 10th, 2021 at 11:20 am
३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया