बुधबार १२ माघ २०७८

२६ साउन, जनकपुरधाम । आफ्नै श्रीमानबाट ए`सि`ड आ`क्र`मणमा परेकी जनकपुरधामकी आरती साह एसिड बेच्नेलाई अदा`लतले सफाइ दिएपछि आ`क्रो`शित बनेकी छन् ।

जिल्ला अदा`लत धनुषाले उनीमाथि एसिड ख`न्याउने उनकै श्रीमान सञ्जीव साहलाई दो`षी ठ`हर गरेको छ भने ए`सिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको छ ।

सोमबार न्या`याधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीबलाई दोषी ठहर र एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको हो । सञ्जीवमाथि सजाय निर्धारण भने बाँकी नै छ ।

अ`दाल`तको फै`सलावि`रुद्ध आरतीले मंगलबार अ`दालत पुगेर आपत्ति जनाएकी हुन् । एसिड बेच्ने नागेन्द्रलाई किन सफाइ दिएको भनेर उनले अदा`लतमै आक्रो`श पोखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

‘अदा`लतमा ह`ल्ला गर्न पाइँदैन भनेर उनलाई प्रहरी कार्यालय लिएर आएका हौं’ धनुषाका डीएसपी जितेन्द्र बस्नेतले भने । आरतीलाई सम्झाई बुझाई छाडिदिने बस्नेतले बताए ।

अदालतले एसिड बेच्नेलाई सफाइ दिएको खबर पाएलगत्तै आरती आक्रोशित बनेकी छन् । उनले वकिलले पैसा खाएर एसिड बेच्नेलाई सफाइ दिन लगाएको आरोप लगाएकी छन् ।

आरतीमाथि एसिड खन्याएकै दिन पक्राउ परेका श्रीमान सञ्जीवबिरुद्व सरकारी वकिलको कार्यालयले अदालतमा १५ वर्ष ६ महिना कैद सजायको माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए ।

२०७७ कात्तिक २९ गते दिपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती साह र छोरी रियामाथि ए`सिड प्रहा`र गरेका थिए । अन्लाईन खबर बाट


Last Updated on: August 10th, 2021 at 2:10 pm
२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया