बुधबार ०५ माघ २०७८

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग १ करोड डोज खोप स्टकमा रहेको दा`वी गर्नुभएको छ ।

मंगलबार प्रनिनिधिसभाको बैठकमा समय मागेर बोल्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले कोरोनावि,रुद्धको खोप थुपारेको दावी गर्दै छिटो वितरण गर्न सरकारलाई द`वाव दिुनुभयो । ‘चैत्रसम्म किन पर्खनु हुन्छ ?

लगभग एक करोड स्टकमा छ, लगाउनुुुस् न छिटो–छिटो’, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले फागुनमा स्थानीय तहको निर्वाचन रोक्नका लागि सरकारले चैतसम्म कोभिडवि`रुद्धको खोप लगाउने भनेको आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले प्रतिपक्षलाई गा,ली गरेर नबस्न पनि सरकारलाई चेतावनी दिनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘लक्षण राम्रो छैन । हौसिएर म आगो हुँ, नखेल भनिएको छ ।

म सम्झन्छु , उहाँले बिगतमा डढेलो लगाएको । त्यसलाई निभाउन पानी खन्याउनु पर्दछ भन्ने म जान्दछु ।’ अध्यक्ष ओलीले तत्कालीन माओवादीको जनसेनाको अस्थायी शिविरमा भएको भ्र`ष्टाचारको छानविन गर्न सरकारसँग माग गर्नु भयो । भ्रष्टाचारीलाई कारबाही गर्ने सरकारको नीति आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘छानविन गर्ने र कारबाही गर्ने कुरा राम्रो हो ।

क्यान्टोन्मेन्टको यत्रो कुरा उठेको छ । यो गठबन्धन सरकारले यस कुराको छानविन गरेर नेपाली जनतालाई जवाफ दिनेछ । ओलीले आफू प्रधानमन्त्रीबाट हटेकोमा चि`न्ता नभएको पनि जिकिर गर्नुभयो । इमेज खबर बाट


Last Updated on: August 11th, 2021 at 8:05 am
४१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया