शनिबार १५ माघ २०७८

काठमाडौ । मंगलवार देखि विभिन्न समाचार माध्यममा नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङलाई नियुक्त गरेको समाचार प्रकाशन भएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका हितेन्द्रदेव शाक्यलाई उचित ब्यवस्था सहित कुलमानलाई नियुक्त गरिएको स्रोतको भनाई छ ।

सबै मिडियाहरुमा स्रोत उल्लेख गरेर समाचार बनाइएका छन् । दुवै जनाको ब्यवस्था गर्दै मन्त्रीपरिषद्ले मंगलवार नै निर्णय गरेको भएपनि कुलमान र हितेन्द्रदेव दुवैले नियुक्ती पत्र भने पाएका छैनन् ।

हितेन्दले आफ्ना विभागीय प्रमुख, विभिन्न परियोजनाका प्रमुखलगायतसँग मंगलबार भेटेर बिदा मागिसकेका छन् ।

उर्जामन्त्री पम्फा भुसालले सोमबार मन्त्रीपरिषद् बैठकमा कुलमान घिसिङ नियुक्तिको ठाडो प्रस्ताव सहित शाक्यलाई जल तथा उर्जा आयोगमा पठाउने प्रस्ताव पेश गरिन् । शाक्यले आफुलाई सम्मानजनक अवस्थामा ब्यवस्थापन गरिए ठाउँ खाली गरिदिने बताएका थिए ।

शाक्यलाई प्राधिकरणमा खाईपाई आएको तलबसुविधा दिने गरि आयोगमा पठाउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । तर त्यसका लागि अर्थमन्त्रालयको सहमति चाहिने भएकाले सोमवार नै सबैकाम हुन सकेन ।

अर्थमन्त्री जनार्दन शर्मा काम विशेषले बाहिर भएकाले उनी वैठकमा उपस्थित हुन नसकेका कारण सबै काम पुरा हुन नपाएको हो ।

शाक्यले प्राधिकरणको कार्यकारी निर्देशक रहँदा खाईपाई आएको तलबसुविधा अनुसार तीन लाख रुपैयाँ पाउँछन्। प्रसारणलाइनको मास्टरप्लान९गुरुयोजना० अध्यावधिक गर्ने, विद्युत खपत बढाउन अध्ययन अनुसन्धान गर्ने लगायतको कार्यादेश शाक्यलाई दिइएको छ।

उनलाई निश्चित काम र कर्तब्य सहित सेवा सुविधामा कुनै कमि नहुने गरी ब्यवस्थापन गरिएको एक मन्त्रीले बताएका छन् ।
साभार- ताजाखबर


Last Updated on: August 11th, 2021 at 10:26 am
३४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया