बुधबार ०५ माघ २०७८

काठमाडौं ।कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निुयुक्त गरेसँगै सरकारले हितेन्द्रदेव शाक्यलाई उपयुक्त स्थान दिएर विदाइ गरेको छ । सरकारले प्राधिकरणमा रहेका शाक्यलाई पनि विज्ञताका आधारमा नयाँ सम्मानजक नियुक्त गर्ने निर्णय गरेको हो ।

शाक्यलाई जल तथा ऊर्जा क्षेत्रको ‘थिंक ट्यांक’ मानिएको जल तथा ऊर्जा आयोगको सचिवालय ४ वर्षका लागि नियुक्त गरिएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेको सचिवालयमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पद सिर्जना गरी प्राधिकरणको कार्यकारी निर्देशकको पारिश्रमिक र सुविधा पाउने गरी आयोगमा पूर्णकालीन सदस्य नियुक्त गरेको स्रोतले जनाएको छ ।

शाक्यले हाल मासिक तलब २ लाख २१ हजार रुपैयाँ र कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रोत्साहन भत्ता पाउँछन् ।

त्यसमाथि ‘लिडरसिप एलाउन्स’ थप दुई लाख गरेर शाक्यले मासिक ४ लाख रुपैयाँभन्दा बढीको सुविधा पाउँछन् । सो सुविधा नघट्ने गरी शाक्यलाई आयोगमा विज्ञका रुपमा नियुक्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

आयोगमा अहिले एक जना सचिव रहने व्यवस्था छ । सरकारले आयोगको गठन आदशे नै संशोधन गरेर शाक्यलाई आयोगमै सचिव सहरको नियुक्ति दिएको हो ।शाक्यका लागि प्रसारणलाइनको गुरुयोजनालाई अद्यावधिक गर्ने, विद्युत माग प्रक्षेपण अद्यावधिक गर्ने,

विद्युत खपत बढाउने योजना बनाउनेलगायतका टीओआर तोकिएका छन्, जुन विषय शाक्यका लागि रुचिका विषय समेत भएको मन्त्रालयको दावी छ ।

उनी विगतमा प्रसारण लाइनको गुरुयोजना, विद्युत माग प्रक्षेपणलगायतका कामका सक्रिय सहभागी हुँदै आएका हुन् ।
साभार- नेपाल समाचार


Last Updated on: August 11th, 2021 at 1:09 pm
४०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया