बुधबार ०५ माघ २०७८

साउन २७, काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–६, मोहनपुरकी १७ वर्षिय एक किशोरीको शब फेला परेको छ । गत साउन १३ गते घरबाट हराएकी प्रेम चौधरीको छोरी किर्शला चौधरीको शब घर नजिकैको जंगलमा एकहप्तापछि (साउन १९ गते ) फेला परेको थियो ।

सखुवा रुखको फेदको खाल्डोमा सामान्यरुपले पुरिएको अवस्थामा शब फेला परेको थियो । जंगलको रातमाटे खोलाको भेलले सखुवाको फेदमा खाल्डो पारेको र त्यही शब लुकाउन सामान्य पुरिएको अवस्थामा फेला परेको स्थानीयहरुले बताएका छन् ।

घटना सामुहिक बलात्कारपछि हत्या भएको आशंका गरिएको छ । परिवारले छोरीको हत्या भएको भन्दै अपराधीलाइ कडा कारवाहीको माग गरेको छ । मृतकका बुवा प्रेम चौधरीले छोरी किर्शला चौधरीको हत्याराहरुलाई पत्ता लगाई कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ ।

स्थानीयका अनुसार शबको प्रकृति हेर्दा जंगलमा कतै हत्या गरेर त्यहाँ गाडेको आशंका गरिएको छ । देब्रे हातमा लगाएको डिजिटल घडी, घाँटीको मालाको बुटि, खुट्टाको डोरी, चप्पल र कपडाको टुक्राबाट शबको पहिचान भएको थियो ।

शरीरको दाहिने भागको विभिन्न भाग क्षतविक्षेत भएको, कालो भएर डढेको, यौनांग क्षतविक्षेत भएको र दाँत झरेको अवस्थामा शव फेला परेको गाउँलेहरुको भनाई छ । शरीर र अनुहारमा एसिड प्रहार भएकोले कालो भएको र अनुहार र यौनांग क्षतविक्षत हुनेगरी ढुंगा वा धारिलो हतियार प्रहार गरी हत्या गरेको आशंका गाउँलेहरुको छ ।

किशोरीको सामुहिक बलात्कारपछि हत्या भएको आशंका गाउँलेहरुले गरेका छन् । किशोरीको हत्या हुनुमा अन्य कारण नदेखिएको बरु, सामुहिक बलात्कार गरी हत्या भएको हुनसक्ने आशंका गरिएको वडासदस्य कृष्णबहादुर बुढाथोकीले बताउनुभयो ।

घटना ढिलो सार्बजनिक भएको भन्दै प्रहरी र अधिकारकर्मीहरुको आलोचना भएको छ भने प्रहरी अनुसन्धान सुस्त भएको गुनासो छ ।

स्थानीयबासी तथा सञ्चारकर्मी मधुकर थापाले घटना भएको लामो समय वित्दासम्म पनि अपराधी पत्ता नलागेको बताउनुभयो । घाँस, दाउराको क्रममा दुर्गन्ध आएपछि गाउँलेहरुले शब फेला पारी प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पहिचान हुन नसकेपछि प्रहरीले शव उदयपुर अस्पतालमा लगेको थियो । अस्पतालबाटै मृतकको बुबाले शब फेला परेको भोलीपल्ट साउन २० गते पहिचान गरेको थियो ।
साभार- प्रारम्भ खबर


Last Updated on: August 12th, 2021 at 8:38 am
४३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया