बुधबार १२ माघ २०७८

काठमाडौ । पाल्पामा एक बुवाले ताकेको लक्ष्य फरक पर्दा छोराको मृत्यु भएको छ भने बुवा पक्राउ परेका छन् । बुवाले स्याललाई ताकेको गो ली छोरालाई लाग्यो ।

छोराको घटनास्थलमा निधन भएको छ । घटना पछि बुवालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले छोरालाई आफैले चाहेर गुमाएका होइनन् । एकातिर आफ्नै हातवाट छोरा गुमे भने अर्को तिर उनी पनि पक्राउ परेका छन् ।

प्रहरीले पाल्पा रैनादेवी छहरा गाउँपालिका९६ स्थित जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीलाई यस्तो समस्या आएको हो ।

उनले शुक्रबार साँझ ६ बजे मकैबारीमा आएको स्याललाई ताकेका थिए ।

तर उनले चलाएको गो ली गएर छोरार्ला लाग्यो । घटनास्थलमा ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको निधन भयो ।

पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले लम्तरीलाई पक्राउ गरीएको बताए। घरबाट करिब सय मिटर टाढा रहेका धनबहादुरलाई भरुवा ब न्दु कबाट निस्केको गो ली लागेको थियो।
साभार- ताजा खबर


Last Updated on: August 14th, 2021 at 1:51 pm
६९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया