शनिबार ०८ माघ २०७८

हाइटी: हाइटीमा ७ दशमलब २ म्याग्‍निच्यूडको शक्तिशाली भूक`म्प गएको छ ।

२०१० को भू`कम्पमा भत्किएका संरचना पुनर्निर्माण सम्पन्न नभइसक्दा ११ वर्षपछि पछिल्लो शनिबार बिहान अर्को घा`तक भूक`म्पको धक्का गएको हो ।

भूकम्पमा हजारौँ मानिसको मृ`त्यु भएको हुनसक्ने आंकलन गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण अनुसार २०१० को भूक`म्प भन्दा बढी यस पटकको भूक`म्प शक्तिशाली छ।

जवकि २०१० को भूकम्प ७ म्याग्निच्यूडको मात्रै थियो र त्यसबेला २ लाख मानिको मृ`त्यु भएको थियो। साथै पुनर्संरचनाका लागि खर्बौँ डलर ख`र्च गर्नुपरेको थियो ।

हाइटीको दक्षिणी प्रायद्विपमा अवस्थित दुई सहर लेस केयस र जरेमीमा भूक`म्पको ध`क्काले ठूलो वि`नाश भएको र धेरै मानिस भग्नावशेषमा पुरिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

यस्तै भू`क`म्पको ध`क्कापछि सुनामी आउनसक्ने ख`तरा समेत औंल्याइएको छ ।

यस क्षेत्रमा टेलिफोन तथा बिजुली समेत बन्द भएका छन् । पेटिट ट्रो डे निप्पेस क्षेत्रलाई भूक`म्पको इपिसेन्टर मानिएको छ ।

तर यस क्षेत्रबाट क्षतिको यकिन विवरण आइसकेको छैन ।

हाइटीका अधिकारीहरुका अनुसार घ`टनाको यकिन विवरण संक`लन गर्न अझै सकिएको छैन । यद्यपि उद्वा`रकर्मीहरु खटाइएको छ ।

ठूलो ध`क्कापछि सानाठूला गरेर यहाँ बारम्बार धेरै परक`म्प गएको पनि बताइएको छ ।

विशेषगरी ४ देखि ५ म्याग्निच्यूडका धेरै परकम्प गएको स्थानीय अधिकारीले जनाएका छन् । अन्नपूर्ण पोस्ट बाट


Last Updated on: August 15th, 2021 at 9:12 am
४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया