बुधबार १२ माघ २०७८

काठमाडौं । प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला ? कानूनले तोकेअनुसार नै हुन्छ । आम मानिसले जान्ने कुरा यही हो ।

तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गै,रका,नूनी रूपमा रु एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अ,दा,लतमा दा,यर गरेको मु,द्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्र,ष्टा,चा,र गरेको पाइएको छ ।

पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानिनोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

आयोगले बिगो असुल गरी हदैसम्मको का,रबा,हीको माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । न्युज२४ बाट


Last Updated on: August 16th, 2021 at 3:21 pm
५५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया