बुधबार ०५ माघ २०७८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पुनर्वहालीको माग गर्दै सर्वोच्चमा पुग्नु भएको छ ।

उहाँले सोमबार विद्युत प्राधिकरणमै पु`नर्व`हाली गर्नुपर्ने भन्दै सर्वोच्चमा रि`ट दा`यर गर्नुभएको हो । सर्वोच्च अदालतका अनुसार शाक्यले कुलमान घिसिङको नियु`क्ति ब`दर हुनुपर्ने र विद्युत प्राधिकरणको कार्यकारी

निर्देशकमा आफूलाई नै कायम गर्न अन्तरिम आदेशको माग गर्नु भएको छ । उहाँले आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको आधिकारिक पत्र नआएको पनि रि`टमा उल्लेख गर्नुभएको छ ।

कुलमान घिसिङलाई कार्यकारी प्रमुखमा ल्याएर सरकारले आफ्नो अधिकार हनन् गरेको उहाँले निवेदनमा दा`वी गर्नुभएको छ । शाक्यकै म`न्जु`रीमा कुलमान घिसिङले बुधबार मात्रै प्राधिकरणको प्रमुख कार्यकारी

निर्देशकको पद बहाली गर्नु भएको थियो । सरकारले शाक्यलाई भने उर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिनेगरी तान्ने निर्णय गरेको थियो । न्युज२४ बाट


Last Updated on: August 16th, 2021 at 5:27 pm
४४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया