बुधबार ०५ माघ २०७८

मिति : २०७८ भाद्र १ गते मंगलबार

नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ फागुन ७ गते शुक्रबारको निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त भई ‘शिरमा देश, मनमा मधेश’ को मूल उद्देश्यसहित आज मंगलबारसम्म १८० दिन अर्थात् ५ महिना २४ दिन आफ्नो मातृभूमि र जनताका लागि कार्य गर्ने र संविधान प्रदत्त व्यवस्था लागू गर्ने गराउने अवसर पाएँ ।

यो अवधिमा मैले प्रदेश–२ का आठवटै जिल्लाको अवलोकन, भ्र,मण र जनताको बीचमा गई प्रदेश प्रमुखको भूमिकामा अवस्था र व्यवस्था नजिकबाट बुझ्ने मौका पाएँ ।

अभा,व, अ,प,राध र अ,तिवा,दको च,पे,टामा पर्दै गएको प्रदेश २ मा आमनागरिकहरूको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन विशेष पहलकदमीको खाँचो छ । सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्र`ष्टा`चार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जान जरूरी छ ।

देशभक्तिको सवालमा प्रदेश २ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छ । विभेदको वि`रूद्धमा लड्नेहरूले विभेदलाई नै निरन्तरता दिनु चिन्ताको विषय हो ।

प्रदेश प्रमुखको पद कुनै दलको हुँदैन, समग्र देशको हुन्छ । यसलाई दलीयताभन्दा पनि समभा`वमा आधारित समग्र राष्ट्रको हितलाई केन्द्रबिन्दूमा राखेर मैले आफ्नो कार्य सम्पादन गरें । निजामती कर्मचारीहरूको कार्यशैली र क्ष`मतामाथि अविश्वा`स गर्नुपर्ने कुनै पनि कारण नरहेकोले मैले मैले निजी सचिवालय राखिनँ ।

राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनो`वलमा ह्रा`स आउने भएकोले राज्यकै अंग (निजामती) माथि वि`श्वा`स गर्नुपर्छ । निजामतीको विकल्पमा वा निजामतीलाई मानम`र्दन गर्ने गरी गठन गरिने निजी सचिवालय

सैद्धान्तिक रूपमा राज्यकै दोहन हो । राज्यकै अंग (निजामती)माथि विश्वास गरेर काम गर्दा पनि अ`ब्ब`ल काम गर्न सकिने कुरा प्रदेश नं. २ का प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारीहरूले साबित गर्न सफल भएकाले हरेक कर्मचारीहरूलाई विशेष धन्यवाद दिन्छु ।

यसैगरी, प्रदेश नं. २ को प्रदेश प्रमुखको रूपमा नियुक्त हुनुभएका माननीय श्री हरिशंकर मिश्रको पूर्ण कार्यकालको सफलताका लागि शुभकामनासमेत व्यक्त गर्दछु ।

अन्त्यमा, मलाई प्रदेश प्रमुख जस्तो सम्मानित पदमा नियु`क्त गर्नु हुने सम्माननीय राष्ट्रपतिज्यू, नियु`क्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारप्रति म हार्दिक आभार र कृ`तज्ञ`ता व्यक्त गर्दछु । साथै प्रदेश प्रमुखको रूपमा कार्य गर्दा सहयोग गर्नुहुने प्रदेश नं. २ का प्रदेश सरकार, प्रदेशसभा सदस्य, प्रदेश प्रमुख कार्यालयका सम्पूर्ण कर्मचारी, अन्य निजामती कर्मचारीहरू, सञ्चारकर्मी मित्रहरू, सुरक्षाकर्मीहरू, नागरिक समाज तथा समस्त प्रदेशवासीहरूमा म हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

सवल, सुन्दर, समृ`द्ध र साझा प्रदेश निर्माणमा मेरो भूमिका सदैव रहिरहनेछ । पदमुक्त भएपश्चात् पदीय हैसि`यतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घो`षणासमेत गर्दछु । देशमा शान्ति सुरक्षाको अवस्था ग`म्भीर रहेको र मेरो निजी सुरक्षाभन्दा पनि जनताको सुरक्षा प्राथमिकतामा रहेकोले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी आजकै मितिबाट फिर्ता पठाउने घो`षणासमेत गर्दछु । रैथाने परिषद बाट


Last Updated on: August 17th, 2021 at 3:08 pm
८१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया