बुधबार ०५ माघ २०७८

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोग गरिने बताउनुभएकाे छ ।

प्राधिकरणको ३६ औँ वार्षिकोत्सवको अवसरमा मङ्गलवार आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले स्वचालित प्रणालीमार्फत सञ्चालन लागत घटाइ ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गरिने बताउनुभयाे ।

विद्युत् माग र खपत वृद्धिसँगै वितरण प्रणालीको समेत विस्तार र सुदृढीकरण गर्नुपर्ने भएको उल्लेख गर्दै घिसिङले यस्ता कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइने जानकारी दिनुभयो ।

‘माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायतका आयोजनाबाट उत्पादित विद्युत् बेच्नका लागि बजार व्यवस्थापन कार्य चुनौतीपूर्ण रहेको छ, उत्पादित विद्युतको स्वदेशमा नै खपत गर्न तथा बढी भएको विद्युत् अन्तरदेशीय बजारमा बेच्न आवश्यक प्रबन्ध मिलाइने छ’,

उहाँले भन्नुभयो, ‘स्वदेशमै विद्युत खपत बढाउन सके उत्पादित विद्युतको उपयोग मात्र हुने नभइ देशको आर्थिक र सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पर्छ, त्यसैले विद्युत् खपत वृद्धिकाे पूर्वाधार निर्माण, ग्रामीण विद्युतीकरण, कृषि, सिँचाइ र औद्योगिक वर्गका ग्राहकको महसुलमा पुनरावलोकन,

विद्युतीय सवारी साधनको प्रयोग र विद्युतीय चुलोको उपयोग गर्न र त्यसअनुसार ह सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै उपभोक्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित सुदृढ र

सबल प्राधिकरणको निर्माण गर्न सम्पूर्ण प्रयास केन्द्रित गर्ने कार्यकारी निर्देशक घिसिङले प्रतिबद्धता जनाउनुभयो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्यान) का अध्यक्ष कृष्ण आचार्यले विद्युत् खपत बढाउने बृहत् कार्यक्रममा कार्यान्वयन गर्न, प्रसारण लाइनको निर्माणलाई तीव्रता दिन सुझाव दिनुभयो । नेपाल समाचार बाट


Last Updated on: August 18th, 2021 at 6:29 am
४४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया