बुधबार १२ माघ २०७८

वासिंगटन डिसी। अमेरिकाको वि’सकन्सिन राज्यमा मृ’त्यु वरण गरेका २२ वर्षीय नेपाली युवा सृजन कुँवरको श’व गैर आवासीय नेपाली सङ्घ अमेरिकाको प’हलमा अगष्ट १८ तारिख बुधवार नेपाल पठाइने भएको छ।

नेपाल पठाउनुअगाडि फ्यु’नेरल होममा गएर गैर आवा`सीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्घिसागर सुवेदीसहित विसकन्सिनबासी नेपालीहरूले मङ्गलवार स्व’र्गीय कुँवरलाई श्र’द्धा`ञ्जली दिएका छन्। श’व सुरक्षित ढङ्गले नेपाल पठाउन भ्या’ली फ्यु’नेरल होम ए’प्पलटोनले आवश्यक व्यवस्था गरिसकेको गै`र आवा`सीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीलाई जानकारी गराएको छ।

सृजनको श’व अगष्ट १८ तारिख बुधवार साँझ ७ बजेर ५० मिनेटमा कतार एयरवेजबाट नेपाल पठाउने उडान तालिका प्राप्त भएको छ। भ्याली फ्यु’नेरल होम ए’प्पलटोन सँगै काममा जु’टिरहेका व्यक्ति, संस्था र निकायसँग समन्वय गर्दै श’ब नेपाल पठाउनका लागि आर्थिक पक्षमा कोषाध्यक्ष राजीव श्रेष्ठ र अरू पक्षमा महासचवि अन्जनकुमार चौलागाईले काम गरिरहेको एनआरएनए अमेरिकाका प्रब`क्ता तोया दाहालले जानकारी दिएका छन्।

सृजन कुवरको शव परिवारका सदस्यलाई बुझाउनु अगाडिसम्म सुरक्षित राख्न र नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि गैर आवासीय नेपाली सङ्घ अमेरिकाले वि’सकन्सिन च्याप्टरको विशेष पहलमा गोफण्ड मार्फत रकम सङ्कलन गरेको छ। विसकन्सिन च्याप्टर अध्यक्ष दीपक थापाका अनुसार श’व नेपाल पठाउन परिवारको अनुरोध पत्र आएपछि गो फण्डबाट २५ हजार डलर सङ्कलन गरिएको छ।

विसकन्सिन स्थित नर्थ पिटर्स ए’भिन्यु फ’ण्डुलेक बस्दै आएका सृजन कुँवर काममा रहेको समयमा नै अ’चानक मु’र्छित भएपछि प्रहरी र एम्बुलेन्स आएर नजिकैको बिएभर दम अस्पतालको आ’कस्मिक कक्षमा पुर्‍याएको थियो। सो अस्पतालले सृजनको थप परीक्षण र उपचारका लागि अर्को ठूलो अस्पताल यू’डब्लु मा’डिसन अस्पताल पठायो।

त्यहाँ पनि कुँवरको उपचार सम्भव भएन। सोही अस्पतालले सृजन कुँवरलाई मृ’त घोषणा गर्‍यो। मृ’त्युपछि गर्नु पर्ने सं’स्कारका लागि स्व’र्गीय सृजनका बुवा कृष्णहरि कुँवर अमेरिका आउन नेपालस्थित अमेरिकी दूतावासमा भिषाका लागि निवेदन दिएका थिए।

तर अमेरिकी दूतावासबाट भिसा अस्वीकृत गरेकोले आफ्नो प्रिय छोरा सृजनको प्रा’ण विहीन शरीरलाई एक पटक हेरेर मात्रै मृ’त्यु सं’स्कार गर्ने बुवा कृष्णहरि कुँवरको चाहना अनुरूप नै श`व नेपाल पठाउन लागिएको प्रबक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्व’र्गीय कुवरको परिवारको भिसा प्रक्रियामा केही समय व्यतीत हुँदा शव नेपाल पठाउने काम केही दिन ढिलो हुन पुगेको जनाइएको छ। काठमाडौँ जिल्ला दक्षिणकाली ४ बासवारि जन्म घर भएका कुँवर मे १० तारिख २०१९ मा अमेरिका आएका थिए। नेपाल समाचार बाट


Last Updated on: August 18th, 2021 at 3:00 pm
५६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया