सोमबार १० माघ २०७८

काठमाडौँ, वैशाख २० गते । मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आज रातिदेखि आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो । यात्रुको सुविधालाई दृष्टिगत गर्दै आजका लागि तोकिएका उडान दिनभर यथावत् रुपमा सञ्चालन हुने कम्पनीले जनाएका छन् । यती एयरलाइन्सले आफ्नो कोटामा परेका १० उडान यथावत् सञ्चालनमा रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । बुद्ध एयरले पनि आफ्ना निर्धारित उडान सञ्चालन भइरहेको जनाएको छ । पाइपलाइनबाट खपत भएर रहेको अक्सिजन सिलिण्डरमा भर्न सकेका खण्डमा कोरोना महामारीमा अक्सिजनको अभाव टार्न मद्दत पुग्ने भए पनि अक्सिजनको ‘फिलिङ सिस्टम’ नहुँदा अस्पतालको अक्सिजन प्लान्टमा उत्पादित आधाजस्तो अक्सिजन खेर गइरहेको छ । कोरोना बढ्दै जाँदा गाउँगाउँका स्वास्थ्यचौकीमा समेत अक्सिजन चाहिने निश्चित छ । अक्सिजन प्लान्ट नभएका अस्पतालमा सिलिण्डरमा अक्सिजन चाहिने भएको र अहि सहज हुने धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताउनुभयो ।

“अस्पतालमा विसं २०७६ पुसदेखि अक्सिजन प्लान्टबाटै बिरामीको शय्यामा अक्सिजन पु¥याइएको छ तर अक्सिजनको क्षमताअनुसार उत्पादन भएको अक्सिजन खपत भएको छैन”, अध्यक्ष रानामगरले भन्नुभयो, “अहिले कोरोनाका बिरामीलाई अक्सिजन अनिवार्य देखिएपछि नेपालमा अक्सिजन अभाव भएको सुनेको छु, हाम्रोमा अक्सिजन भर्ने व्यवस्था गर्न सके अरु स्वास्थ्यचौकी तथा अस्पतालमा वितरण गर्न सकिन्थ्यो ।” पचास शय्याको अस्पताललाई अहिले गण्डकी प्रदेश सरकारले २०० शय्याको उपप्रादेशिक अस्पताल बनाउने निर्णयसँगै केही कामसमेत अघि बढाएको छ । अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले दैनिक ३० सिलिण्डर अक्सिजन भर्ने भए पनि उपकरण अभावमा अस्पतालका बिरामीलाई मात्रै भएको धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो । “उत्पादित पूरै अक्सिजन अस्पतालले खपत गरेको छैन, अक्सिजन बिरामीको शय्यामै पु¥याइएको छ तर सिलिण्डरमा भर्ने व्यवस्था नहुँदा अन्यत्र पु¥याउन कठिन छ”, डा पोखरेलले भन्नुभयो, “अस्पतालमा खपत नभएको समयको अक्सिजन सिलिण्डमा भर्न पाए कोरोना महामारीको समयमा अन्यत्रसमेत अक्सिजन दिन सकिन्थ्यो तर फिलिङ सिस्टम नभएकाले अक्सिजनको कम प्रयोग भएको समयमा अस्पतालको प्लान्टद्वारा उत्पादित अक्सिजन खेर गइरहेको छ ।”

अक्सिजन प्लान्ट रु ९० लाख ४० हजारकोे लागतमा गण्डकी प्रदेश सरकारले स्थापना गरेपछि अस्पतालमा अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ तर अस्पताललाई अहिले पनि केही मात्रमा सिलिण्डरकै अक्सिजन आवश्यक परिरहेको भने छ । बिरामीलाई शय्याभन्दा बाहिर ल्याउनुपर्दा, सिफारिस गरी बाहिर पठाउनुपर्दा र हवाई उद्धार गर्दा भने आफ्नै अक्सिजन प्लान्ट भएर पनि केही मात्रामा भने अक्सिजनसहितका सिलिण्डर खरिद गर्नुपर्ने बाध्यता अस्पताललाई छ । अक्सिजन भर्ने उपकरणलाई रु ३० देखि ५० लाख पर्ने बुझ्नमा आएको उहाँको भनाइ छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले आज २५ उडानमार्फत दुई हजार ५०० भन्दा बढी यात्रुले सेवा लिने बताउनुभयो । यात्रु सङ्ख्याका आधारमा निर्धारित उडान मर्ज हुने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो । सरकारले आज रातिबाट आन्तरिक तथा यही वैशाख २२ गते मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।


Last Updated on: May 21st, 2021 at 9:45 pm
६५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया