सोमबार १० माघ २०७८

कञ्चनपुरमा शिक्षक र प्रहरीबीच दोहोरो झ’ डप भ ए को छ । झ’ ड पमा परेर दुवै तर्फका १५ जनाभन्दा बढी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

दरबन्दी मिलानको विषयलाई लिएर विवाद सुरु भएको हो । आन्दोलनरत शिक्षकले लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो ।

प्रहरीले भीमदत्त नगरपालिकामा आन्दोलतरतले लगाको ताला खोलेपछि झ’ ड प भएको हो। दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो ।

झडपको स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्या स प्र’ हा र ग रे को प्रहरीले जनाएको छ । अहिले महेन्द्रनगर बजारक्षेत्र तनावग्रस्त बनेको उनले बताए । शुक्रबार बिहानैदेखि नगरपालिका क्षेत्र त’ ना वग्र स्त बनेको छ ।

शिक्षा शाखा समितिको गत असार ३१ गते बसेको बैठकले शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरेपछि शिक्षकहरू आन्दोलित भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ विपरित मनपरी ढंगले दरबन्दी मिलान गरेको भन्दै उनीहरू करिब एक महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् ।

निरन्तर ३५ दिन आन्दोलन गर्दासमेत स्थानीय सरकारले नसुनेपछि संघको आन्दोलनलाई ऐक्यबद्धता जनाउन आएका कांग्रेसका विभिन्न भ्रातृ संगठनका पदाधिकारीमाथि प्रहरीले दमन गरेको शिक्षक संघ कञ्चनपुरका सचिव नवीनसिंह धामीले बताए। उनका अनुसार झडपपछि प्रहरीले दजनौँ सेल अ’श्रु ग्या स प्रहार तथा ला’ ठी चा र्ज ग रे को छ।

भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले कांग्रेसनिकट शिक्षक संघले राजनीति गर्न खोजेको आरोप लगाएका छन्। उनले सरकारी कर्मचारी भएपछि खटाएको ठाउँमा जानुको साटो प्रधानाध्यापक पद गुमेको पीडा र आ’ क्रो शमा सिंगो पार्टी आन्दोलन गर्न लागेको आरोप लगाए ।

झडपपछि नगरपालिकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। केही जनप्रतिनिधिले शिक्षक संघको माग पूरा गर्न यथाशीघ्र वार्ता गरेर समस्या समाधानमा जोड दिएका छन्।

दरबन्दी मिलानमा एमाले, माओवादी, वैद्य र जनमोर्चानिकट शिक्षक संघ–संगठनले भने शैक्षिक सुधारका लागि नगरपालिकाको कदमको स्वागत गर्दै आएका छन् । चारै शिक्षक संगठनले मिलान गरिएको दरबन्दी कार्यान्वयनको माग अघि सार्दै आएका छन्।
साभार- ताजा खबर


Last Updated on: August 20th, 2021 at 3:22 pm
३६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया