सोमबार १० माघ २०७८

काठमाडौँ, १५ वैशाख (रासस) : सनराइज बैंकले समता शैक्षिक गुठीलाई रु तीन लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ जिल्लामा ८० विद्यालय सञ्चालन गरी सात हजारभन्दा बढी विद्यार्थीलाई मासिक शुल्क रु १०० मा गुणस्तरीय शिक्षा दिँदै आएको गुठीअन्तर्गतका छ प्रदेशस्थित छ विद्यालयलाई रु पचास हजारका दरले हुने गरी उक्त रकम प्रदान गरेको हो । गुठीले उक्त रकम तोकिएको विद्यालयको सञ्चालनका लागि खर्च गर्ने र त्यहाँ अध्यनरत विद्यार्थीहरुको शिक्षामा यसले सहयोग पु¥याउने जनाएको छ । खोप लगाउन भीड बढ्न थालेपछि त्यहीँबाट कोरोना फैलन सक्ने त्रास भएको भन्दै भीड व्यवस्थित गर्न स्थानीयवासीले माग गरेका छन् । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा खोप लगाउन दैनिक हजारौँ मानिस लाममा बस्न थालेका छन् । चावहिलभन्दा माथि नेपाल मेडिकल कलेजमा मात्र खोप लगाउने केन्द्र तोकिएपछि वरपरका अन्य स्थानीय तहका साथै सीमा जोडिएका सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय तहका मानिससमेत खोप लगाउन आउन थालेका छन् । बिहान १०ः०० बजेदेखि खोप लगाउन ५ः०० बजेदेखि नै मानिस लाममा बस्न आउन थालेका छन् । खोप लगाउन लाममा बसेपछि भीड हुन थालेपछि छाडेर हिँडेको गोकर्णेश्वर–७ का मङ्गलबहादुर तामाङले गुनासो गर्नुभयो ।

गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय प्रदेश सरकारबाट आएको खोप जिल्ला जनस्वास्थ्य कार्यालयले नै केन्द्र तोकेर लगाएकाले स्थानीय सरकारलाई यस विषयमा समन्वय नगरिएको बताउनुहुन्छ । नगरपालिकालाई खोप दिए व्यवस्थित रुपमा लगाउने व्यवस्था मिलाउँ छौँ भनी माग गर्दा पनि पाउन नसकिएको शाखाले जनाएको छ । जनस्वास्थ्यबाट खोप केन्द्र संयोजकका रुपमा खटिनुभएका डा निश्चल ढकाल शुरुका केही दिन मानिस नआएकामा विगत तीन दिनअघिदेखि हजारौँ मानिस लाममा बस्न थालेको बताउनुहुन्छ । कलेज खोप केन्द्रमा शुरुका केही दिन पाँचदेखि सात जनाले मात्र खोप लगाएका थिए । पछिल्लो तीन दिनदेखि भने दैनिक एक हजारदेखि एक हजार ५०० सम्मलाई खोप लगाउन थालिएको छ । कर्मचारी सङ्ख्या, भीड व्यवस्थापनलगायत कारणले त्यसभन्दा बढीलाई एकै दिन खोप लगाउन नसकिने उहाँको भनाइ छ । हजारौँ मानिस लाममा बसिरहेका बेला बीचबीचबाट दबाबका आधारमा मानिस छिराउने गरेकाले समस्या हुने गरेको पनि लाममा बस्नेको गुनासो छ । प्रहरी परिचालन गरेर खोप केन्द्रमा लाममा बस्नेलाई खोप लगाउने व्यवस्था गर्न तीन घण्टादेखि लाम बस्ने रचना भुजेलले माग गर्नुभयो । नेपालमा पछिल्लो २४ घन्टामा चार हजार ८९७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ८३४ जनाको परीक्षण गर्दा चार हजार ८९७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । तेह« हजार ८७९ को पीसीआर गर्दा चार हजार ७७४ र ९५५ जनाको एन्टीजेन गर्दा १२३ जनामा कोरोना पुष्टि भएको हो । कूल सङ्क्रमितमध्ये हाल ३० हजार २०९ सक्रिय सङ्क्रमित छन् । त्यस्तै कूल सङ्क्रमितमध्ये दुई हजार ४७ जना मात्र काठमाडौँ उपत्यकामा भेटिएका छन् । काठमाडौँमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएअनुसार १७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक दीपक सञ्जेललाई रु तीन लाखको चेक हस्तान्तरण गर्दै स्तरीय शिक्षाबाटै राष्ट्र निर्माणको आधार तयार हुने बताउनुभयो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विप


Last Updated on: May 21st, 2021 at 10:17 pm
३६० पटक हेरिएको

तपाईको प्रतिक्रिया