बुधबार ०५ माघ २०७८

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहलाई प्र’भावकारी बनाउन पहल थालेको छ ।

विना जानकारी झ्या`प्प–झ्या’प्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गु`नासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्रा’धिकरण व्यवस्थापनले पहल सुरु गरेको हो ।

प्रा`धिकरणका कार्यकारी निर्देशक कुलमान घि’सिङले आज सोमवार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देश नालयका उपकार्यकारी निर्देशक, सात वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग भर्चुअल बैठक राखी कार्यालयहरूले ब्यहोरिरहेका स,मस्याका बारेमा छलफल गरी गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिनुभएको छ ।

‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुने जस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ यस्ता गुनासोलाई तत्काल समाधान गर्नुस् ।

साथै उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैँ सुध्रिएर नैतिक आचरण देखा उनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, पालि का र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ ।’

उहाँले कसैको दबाब र प्रभावमा नपरि उच्च नैतिक आचरण देखाएर जिम्मेवार भइ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । घिसिङले भन्नुभयो, ‘विद्युतको माग बढाउन ग्राहकले माग्न साथ थ्री–फेज मिटर दिनुपर्छ,

प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरूको काम छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ।’

‘खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरूको लिलामी, ट्रान्सफर्मर मर्मत समयमै आफ्नै वर्कशपमा गरिने छ ।

वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेशनमार्फत हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमाव लीलाई कडाइका साथ पालना गरिने छ’, प्राधिकरणले भनेकाे छ ।

कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, मा थिल्लो निकायलाई जानकारी नदिइ कार्यालय नछोड्ने, संस्थालाई थप आर्थि क भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधि क रणले गरेको छ ।

सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफा सहर अभि यान’ चलाउने घोषणा गरेको प्राधि करणले उज्यालो सहर अभियानअन्तर्गत नग रपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा हरू,

विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरूमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने प्रक्रिया सुरु गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगा यतका काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ ।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालय का उप कार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले रुग्ण बनेका आयोजनाहरूको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरूले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकि एको, पोल, ट्रान्सफर्मर, मिटरलगायतकाे अभाव रहेको जानकारी गराएका थिए । अन्लाईन मेरो देश बाट


Last Updated on: August 23rd, 2021 at 6:27 pm
४२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया