बुधबार ०५ माघ २०७८

विदेश उड्नुअघि लगेजमा गाँजा बोकेर हिँडेका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्रा`उ परेका छन् ।

चितवन जिल्लाको खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

मंगलबार पाठक कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका थिए । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको लगेजमा ८ सय ग्राम गाँजा फे`ला परेको थियो ।

लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गाँजा सहित उनलाई पक्रेर विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ । रातोपाटी बाट


Last Updated on: August 24th, 2021 at 6:25 pm
१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया