बुधबार १२ माघ २०७८

 सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृ’त्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको अरनिको यातायतको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको हो ।

घटनास्थलमा रहेका स्थानीय रविन्द्र खड्काले दुई जना बसले च्यापिएकाे र उनीहरुकाे मृ’त्यु भएकाे बताएपनि प्रहरीले अझै त्यसलाई पुष्टि गरेको छैन् ।

प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको काम जारी रहेकाले के कति मृ’त्यु भएको हो भन्न नसकिएको बताउनुभयो ।

घाइतेहरुलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा हालेर उपचारका लागि खाडिचौरको सदावहार अस्पताल र धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।
साभार- न्युज 18 नेपाल


Last Updated on: August 25th, 2021 at 4:17 pm
२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया