शनिबार १५ माघ २०७८

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्द्वारा गठित छानबिन समितिले राखेपलाई बुधबार अध्ययन/अ’नु’स’न्धान प्रतिवेदन बुझायो ।

प्रतिवेदन बुझाउँदै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई वि’वा’द सृजना गर्ने ग’तिविधि रोक्न/सचेत गराउन समितिले सिफारिस पनि गरेको थियो ।

सिफारिसअनुसार प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल (संघ) एन्फाको सम्झौताबमोजिम मात्र ग’तिविधि गर्नुपर्ने भनेको थियो । तर, समितिको प्रतिवदेनप्रति असन्तुष्टि जनाउँदै प्रशिक्षक अल्मुताइरीले आफू प्रशिक्षकबाट हट्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भने, ‘आइ एम आउट, लेट पोलिटिक्स वर्क अर्थात् म बाहिर भएँ, राजनीतिलाई काम गर्न दिऊँ ।’

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अल्मुताइरीबीच वि’वा’द बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छा’नबिन समिति गठन गरेको थियो ।

समितिले बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई प्रतिवेदन बुझाएको छ भने प्रशिक्षक अल्मुताइरीले भने आफू प्रशिक्षकबाट हट्ने फेसबुकमार्फत भनेका छन् ।


Last Updated on: August 25th, 2021 at 7:42 pm
३१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया