बुधबार ०५ माघ २०७८

मोरङ, १० भदौं । प्रदेश–१ को मुख्यमन्त्री बन्न लागेका एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओ’छ्यानमा मृ,त भेटिएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सु’तेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई आज (बिहीबार) विहान मृ,त फे’ला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

उनका अनुसार कोठाको ढोकाको चु’क्कुल भि’त्रबाट लगाएको अवस्थामा ओछ्यानमै ल’डिरहेको अवस्थामा आचार्यको श,व रहेको थियो ।

उनलाई मुधमेह, उच्च रक्तचाप र डिप्रे’शनको पुरानै सम’स्या रहेको बताइएको छ। बिहान १०ः३० बजेतिर प्रहरीले घ’टना थाहा पाएको हो । घ’टना लगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ ।

स्रोतका अनुसार कान्छा भाइको नि’धन भए पनि मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यलाई घ’टनाको जानकारी गराइएको छैन । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

आज बिहीबार विराटनगरको होटल एसियाटिक मा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

आचार्यलाई आजै मुख्य मन्त्रीको रुपमा शपथ ग्रहण गराउने तयारी छ । प्रदेश प्रमुखको कार्यालयले बिहीबार दिउँसो मुख्यमन्त्रीको शपथग्रहण गराउने तयारी गरेको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले आज दिउँसो शपथग्रहण गर्ने अनौपचारिक जानकारी आएको पुष्टि गरे ।
साभार- नेपाल समाचार


Last Updated on: August 26th, 2021 at 12:35 pm
२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया