बुधबार ०५ माघ २०७८

काठमाडौं । अन्तिम समयमा आएर वरिष्ठ नेता माधवकुमार नेपालको साथ छोडेर नेकपा एमालेमा रहने निर्णय गर्नुभएका भीम प्रसाद आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्बसम्मत रुपमा चयम भएसँगै नेता आर्चाय मुख्यमन्त्री बन्नुभएको हो ।

मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा उहाँ सर्बसम्मत नेता चयन हुनुभयो ।

एमाले केन्द्रीय सचिव समेत रहनु भएका आचार्य प्रदेश १ को मुख्यमन्त्रीमा आजै नियुक्त हुनुभयो । सुनसरी क्षेत्र नम्बर १ को प्रदेश सभा ख बाट आचार्य प्रदेश सभा सांसद बन्नुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार बुद्धि कटुवाललाई पराजित गर्दै आर्चाय सांसद बन्नु भएको थियो ।

असार, २०७१ मा सम्पन्न भएको एमालेको नवौं महाधिवेशनबाट उहाँ माधवकुमार नेपाल पक्षबाट सचिव पदमा विजयी हुनुभयो ।

उहाँले १ हजार ३५ मत प्राप्त गर्नुभएको थियो । नवौं महाधिवेशनमा नेपालसँग भएका अधिकांश नेताहरुले अहिले साथ छोडेका छन् । नेता नेपालले नेकपा एकिकृत समाजवादी पार्टी खोल्नु भएको छ ।
साभार- जनबोली मिडिया


Last Updated on: August 26th, 2021 at 3:15 pm
८५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया