शनिबार ०८ माघ २०७८

जाजरकोट : जाजरकोटमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको नलगाड नगरपालिका १० का ५६ बर्षिय मोेहन वि.क. एकनाले भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रग्दाबाट गएको प्रहरीको गस्ती टोलीले वि.क.लाई उनकै घरबाट पक्राउ गरेको हो । 

विषेश सुचनाका आधारमा घर नजिकै बाँदर हेर्ने भनि बनाएको कटेरोमा लुकाई राखेको एकनाले खाली भरुवा बन्दुक र रातो प्लाष्टिकको झोला भित्र फलामको जस्तो देखिने सानो ठुलो १५ टुक्रा फेला पारेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले जानकारी दिए ।
साभार- अन्नपूर्ण पोस्ट

जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि अनुसन्धान गरिएको र उनलाई अवैध हातहतियार तथा खरखजना सम्बन्धी मुद्धा चलाईने थापाले बताए ।

यसअघि नलगाड ८ का वीरबहादुर पुनलाई गत सोमबार अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको थियो ।
साभार- न्युज24


Last Updated on: August 28th, 2021 at 1:49 pm
४४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया