बुधबार ०५ माघ २०७८

दैलेख : मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृ’त्यु भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ घर भई हाल नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखामा कार्यरत ४२ बर्षीय नारायणप्रसाद पोखरेलको नि’धन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनको दुर्घटनास्थलमै मृ’त्यु भएको हाे ।  

दैलेख सदरमुकामबाट कार्यक्षेत्र नौमूले गाउँपालिकातर्फ जाँदै गरेको पोखरेल सवार बा ७५ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको दैलेख प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । 

पोखरेल सवार मोटरसाइकल दैलेख नौमले सडकखण्ड अन्तर्गत नौमूले गाउँपालिका-१ तामेखोला नजिकैको सेतो भीरमा दुर्घटनामा परेको डीएसपी श्रेष्ठले बताए ।

डीएसपी श्रेष्ठका अनुसार मृतकको श’व पोस्टमार्टमका लागि दैलेख अस्पतालमा ल्याउने तयारी भईरहेको छ ।

पोखरेल रेडक्रसद्धारा जिल्लाको नौमूले गाउँपालिका-३ द्धारीमा सञ्चालित समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रर्वद्धन परियोजनामा फिल्ड सुपरभाइजर पदमा कार्यरत थिए ।
साभार-अन्नपूर्ण पोस्ट


Last Updated on: August 28th, 2021 at 4:08 pm
४४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया