सोमबार १० माघ २०७८

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा आएर परिश्रम र मेहेनत गर्न आग्रह गर्नुभएको छ ।

धनगढीमा आज भर्चुअलमार्फत गरिएको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री भट्टले भन्नुभयो, “विदेशमा गर्ने मेहेनत आफ्नै ठाउँमा गर्न सकिएमा सफलता मिल्नेछ ।”

जघ¥न्य अ’प’रा’ध’को घ’ट’ना’बाट पी’डि’त भएका परिवारमा पु¥याइएको आर्थिक सहयोगको सरहाना गर्दै मुख्यमन्त्रीले सीप सिकेकालाई स्वरोजगारका अवसर सिर्जना गराउने व्यवस्था सरकारले गरिरहेको बताउनुभयो ।

उहाँले गत वर्ष बलात्कारपछि ह¥त्या गरिएकी बैतडी जिल्लाकी भागिरथी भट्टका परिवारलाई विदेशमा रहेका नेपालीको सङ्गठनद्वारा सङ्कलित रु दुई लाख ७० हजार ८४० हस्तान्तरण गर्नुभयो ।विकासमा सिर्जनशीलता नेपाल नामको संस्थाको पहलमा विदेशमा रहेका

नेपालीको स’ङ्गठन नेपलिज एशोसिएशन आफ भिक्टोरिया ९न्याभ० र मल्टी डाइनमिक रियल स्टेट मेलवर्न ९अष्ट्रेलिया०ले उक्त रकम सङ्कलन गरी पठाएको जनाइएको छ ।


Last Updated on: August 28th, 2021 at 8:22 pm
३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया