बुधबार ०५ माघ २०७८

पश्चिमी अफ्रिकी मुलुक मालीको से’ना’ले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नि’य’न्त्रणमा लिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार गत भदौमा निर्वाचित राष्ट्रपतिलाई रा’जी’ना’मा दिन बा’ध्य पारेको मालीको से’ना’ले सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नि’य’न्त्र’णमा लिएको हो।

उनीहरूलाई राजधानी बामाकोबाट लगेर काटीस्थित से’ना’को गणमा राखिएको छ। सरकार पुनर्गठन हुँदा से’ना’का दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै से’ना’ले उनीहरूलाई नि’य’न्त्रण लिएको हो।

यसअघि गत भदौमा से’ना’ले तत्कालीन राष्ट्रपतिलाई नि’य’न्त्रणमा लिएर रा’जीनामा दिन बा’ध्य पारेको थियो। से’ना’को नयाँ कदमले उत्तरी क्षेत्रमा अलकायदा र इस्लामिक स्टेटले ठूलो क्षेत्र नि”यन्त्रणमा राखेको मालीमा थप अस्तव्यस्तता ल्याउने देखिएको छ।

मालीस्थित संयुक्त राष्ट्र संघीय मि’सन र अन्य अन्तर्राष्ट्रिय समुदायले नि’यन्त्र’णमा राखिएकाहरूलाई तत्काल बिनासर्त रि’हा गर्न भनेका छन्।

राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने सरकारलाई १८ महिनासम्म अन्तरिम सरकार चलाउने र चुनाव गरेर नागरिक शा’सन फिर्ता ल्याउने जिम्मेवारी दिइएको थियो। यो बीचमा उनीहरूको से’ना’सँग असन्तुष्टि बढेको थियो। मुख्य पद से’ना’ले आफ्नो नि’यन्त्र’णमा राख्न थालेपछि उनीहरू असन्तुष्ट थिए।

राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई नि’य’न्त्रणमा लिएर से’ना’ले यसपालि के गर्न खोजेको भन्ने स्पष्ट भइसकेको छैन। सेतोपाटि


Last Updated on: May 25th, 2021 at 8:43 am
४९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया