बुधबार १२ माघ २०७८

काभ्रेमा मोटरसाइकलमाथि पहिरो खस्दा एक जनाको मृ`त्यु भएको छ।

आइतबार रोशी गाउँपालिका वडा नम्बर ७ कटुन्जेस्थित बिपी राजमार्गमा पहिरो गई ढुंगा माटो खस्दा मोटरसाइकल दु`र्घ`टना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको ज.८.प ७४९० नम्बरको मोटरसाइकलमा लाग्दा चालक र र पछाडि सवार व्यक्ति गम्भीर घा`इते भएका थिए। प्रहरीको टोलीले उनीहरूलाई धुलिखेल अस्पताल पुर्‍याएको थियो।

घा`इतेमध्ये उपचारको क्रममा चालक मोहत्तरी रामगोपालपुरका २८ वर्षीय सरोजकुमार साहको मृ`त्यु भएको कार्यालयले जनाएको छ।

पछाडि सवार धनुषा रामानन्धचोकका ३० वर्षीय सतिसकुमार साह घाइते छन्। उनको धुलिखेल उपचार भइरहेको छ। सेतोपाटी बाट


Last Updated on: August 29th, 2021 at 7:44 pm
२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया