सोमबार १० माघ २०७८

१५ भदौ, काठमाडौं । अमेरिकाले झण्डै २० वर्षपछि पूर्णरुपमा अफगानिस्तान छाडेको छ । यसअघि ता`लिबानले विदेशी से’ना फिर्ताको लागि समयसीमा तोकेकै दिन अगष्ट ३१ मै अमेरिका पूर्णरुपमा फिर्ता भएको हो ।

अफगानिस्तानको राजधानी काबुलबाट अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमा`ण्डर जनरल क्रिश डोनाह्यु गएरातिको अन्तिम उ`द्धा`र उडानमा सहभागी भएका थिए ।

अमेरिकाको अन्तिम उ`द्धा`र उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छ`रेर र मेसिन गनमार्फत गो’ली चलाएर खुशीयाली मनाएको बीबीसीले जनाएको छ ।

अमेरिकी से’नाको केन्द्रीय क’मा’ण्डका प्रमुख जनरल फ्र्याङ्क मकेन्जीले पेन्टागनमा आयोजित प्रेस ब्रिफिङमा सन् २००१ को सेप्टेम्बर ११ देखि अफगानिस्तानमा सुरु भएको यु’द्ध पूर्णरुपमा बन्द भएको घोष`णा गरे ।

अमेरिकी फौ’ज फिर्ता हुन थालेदेखि नै ता`लिबान समूहले अफगानिस्तान क’ब्जा अभियानलाई तीव्र पारेको थियो । ता`लिबान ल’डा’कुहरु राजधानी का`बुल प्रवेश गरेलगत्तै त्यहाँका राष्ट्रपति असरफ घा`नीले देश छाडेका थिए । त्यसपछि सुरु भएको उद्धा`र उडानको क्रममा अमेरिकाले १ लाख २३ हजार अफगान नागरिकलाई उद्धा`र गरेको छ ।

अमेरिकी से’ना पूर्णरुपमा फिर्ता भएसँगै अब का`बुल विमानस्थललाई ता`लिबानले आफ्नो हातमा लिने छ । ता`लिबानले अब विमानस्थलमा व्यापारिक उडानको शुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ ।


Last Updated on: August 31st, 2021 at 9:07 am
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया