शनिबार ०८ माघ २०७८

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौला दान गर्ने महिला हुन् मेरिना चित्रकार। इन्द्रजात्राका अवसरमा कुमारीको रथमा परम्परागत चित्र बनाइरहेकी यिनै महिलाले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मृगौलादान दिएकी हुन्।

केही दिनअघि उनको नयाँ दिल्लीमा मृगौला प्र`त्यारोपण गरिएको थियो। उनी काठमाडौंको भीमशेन स्थानका स्थानीय हुन्। उनी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रबि चित्रकारकी दिदीकी छोरी हुन्। उनैले झलनाथ खनाललाई मृगौला दान गरेकी हुन्।

तस्बिर स्रोत किरण चित्रकारको फेसबुक पेज
मृ`गौलादाता चित्रकार ख्याती प्राप्त चित्रकार माणिकमान चित्रकारकी नातिनी तथा अमिरमान चित्रकारकी छोरी हुन्। ती दुबै जनाले नेपालमा कला क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए।

हरेक वर्ष इन्द्रजात्रा सुरु हुनुअघि उनकै परिवारले कुमारी रथमा परम्परागत चित्र बनाउने गर्छ। यी फोटोहरु २ वर्षअघि मेरिना चित्रकारले इन्द्रजात्रका अवसरमा चित्र बनाइरहँदा खिचिएको थियो। -नेपाल न्युज बाट


Last Updated on: August 31st, 2021 at 10:04 pm
३७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया