शनिबार ०८ माघ २०७८

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा तीव्र गतिमा रहेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मंगलबार राति एक जनाको मृ’त्यु भएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको पथरीशनिश्चरे–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृ’त्यु भएको हो । उनका अनुसार पूर्व–पश्चिम लोकमार्गमा अति नै तीव्र गतिमा पश्चिमतर्फ आउँदै गरेको गिट्टी लोड गरिएको को १ ख ६५०५ नम्बरको टिपरले मोटरसाइकलाई ठक्कर दिएको थियो । 

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई राति ९ बजेतिर ठक्कर दिँदा मोटरसाइकल चालक लिम्बूको मृ’त्यु भएको एसपी खतिवडाले बताए ।

दुर्घटनापछि पल्टिएको टिपरले किचिरहेको अवस्थामा उद्धार गरेर लिम्बूलाई उपचारका लागि राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । 

खतिवडाका अनुसार गम्भीर घाइते लिम्बूको उपचारकै क्रममा राति १०:४० बजेतिर मृत्यु भएको हो । प्रहरीले दुर्घटनापछि टिपर र चालक मोरङको बेलबारी नगरपालिका–३ का ४८ वर्षीय बुद्धिमान उरावलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालिएको जनाएको छ।
साभार- अन्नपूर्ण पोस्ट


Last Updated on: September 1st, 2021 at 11:23 am
३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया