शनिबार १५ माघ २०७८

काठमाडौं । मानिसहरुको आवागमन नभएपछि स्वयम्भूका बाँदर तथा कुकुरहरू भोक भोकै म’र्ने स्थितिमा पुगेका छन् । नि’षेधाज्ञापछि मानिसहरुको आवागमन घट्नुको साथै सर्वसाधारणलाई प्रवेश निषेध गरिएका कारण त्यहाँका जनावरहरूले पनि खानेकुरा नपाएर समस्यमा परेका हुन् । मानिसहरूकाे चहलपहल हुँदा बाँदर तथा

कुकुरहरूले खानेकुरा पाउने गर्थे ।तर निषेधाज्ञापछि खानेकुरा नपाएर बाँदर तथा कुकुरहरू बिरामी र कमजोर भएको स्वयम्भू गेटमा चौकिदारी गर्दै आएका एक युवकले बताउनुभयो । उहाँले बिहान-बिहान आउने केहीले बाँदर र कुकुरको दयनीय अवस्था देखेर खानेकुरा दिनु भनेर प्रदान गर्ने सानाे तिनाे

पैसाले बिस्कुट किनेर दिँदै आएको उहाँकाे भनाइ छ । सामान्य खानेकुराहरु दिँदै गर्दा पनि केही बाँदरहरू भने बिरामी परिरहेको उहाँले सुनाउनुभयो।विगतमा मानिसहरुको भी’डभाड हुने भएकाले कोही न कोहीले केही न केही खानेकुरा दिने गरेको तर अहिले त्यो अवस्था नरहेकोले बाँदर र कुकुर भो’कमा’रीको च’पेटामा

परेको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले यहाँका बाँदर र कुकुरहरू अत्यन्तै भोक मरीको च’पे’टामा छन् । बिहान-बिहान मर्निङवाकमा आउने केहीले बादरलाई खानेकुरा किनेर दिनु भनेर पैसा दिन्छन् । त्यही पैसाले बिस्कुट किनेर दिँदैछौं ।तर पनि केही बाँदर, कुकुर बिरामी जस्तै देखिएका छन् । पहिले पहिले त विदेशीहरू आएर धेरैधेरै खानेकुरा दिन्थे, अहिले त्यो अ’व’स्था पनि छैन ।’

काठमाडौं शहरको बीचमा पर्ने स्वयम्भूमा सानो क्षेत्रफलमा सामान्य जंगल मात्रै छ । सो जंगलमा बाँदरका लागि खाने आहार खासै छैनन् । उता कुकुरका लागि भने जंगलमा खाने कुरा पाउने नै भएन । उनीहरुलाई बाँच्नका लागि मानिसहरुकै भर पर्छ । स्वयम्भूका बाँदर तथा कुकुरलाई पानी पिउन पनि स’म’स्या परेको छ ।खबरहाउस


Last Updated on: May 26th, 2021 at 10:35 am
७११ पटक हेरिएको

तपाईको प्रतिक्रिया