बुधबार ०५ माघ २०७८

१७ भाद्र २०७८, बिहीबार मकवानपुर : हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामासहित २५ जना जनप्रतिनिधिले एमाले त्याग्दै नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।

बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौडामा पुगेर उपमेयर लामासहित २५ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन्। मकवानपुरका १० वटा स्थानीय तहका २५ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिए।

उपमेयर लामासँगै मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पनि सनाखत गरेका छन्। त्यस्तै थाहा नगरपालिकाका–११ का वडा अध्यक्ष किरणमान बलसहित अर्का एक वडा अध्यक्षले पनि सनाखत गरेको जनाइएको छ।

यसअघि बागमती प्रदेशसभामा मकवानपुरबाट निर्वाचित मुनु सिग्देल र प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले पनि समाजवादीमा सनाखत गरिसकेका छन्।


Last Updated on: September 3rd, 2021 at 6:25 am
४२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया