बुधबार १२ माघ २०७८

काठमाण्डाै – मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि युवाहरुले वि`रोध प्रदर्शन गरेका छन् ।

काठमाण्डौमा रहेको दूतावास अगाडि वि`रोध प्रदर्शन गर्ने १० जना युवालाई प्रहरीले प`क्रा`उ गरेको छ । उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । प्रहरीले उक्त अभियानका संयोजक एवम् माओवादी केन्द्रनि,कट अखिल क्रा,न्तिकारीका केन्द्रीय सदस्यसमेत रहेका निर्ग जैसी ‘नवीन’सहित १० जनालाई प,क्राउ गरेको छ।

उनीसँगै जनक ढुंगाना, सम्राट थापा, कुलदीप शर्मा, सुरज तामाङ, टेकम बिसी, मोहमद नसिर, दुर्गा जोशी, केदार थामी र सुशील नेपाली पक्राउ गरेका छन्।

एमसीसी खारे,जी राष्ट्रिय अभियानको ,आह्वानमा प्रदर्शन भएको हो । यो परियोजनाले नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै केही समूहले विरोध गर्दै आएका छन् । अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ ।

गएको वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसीसी अझै पारित हुन सकेको छैन । यो परियोजना कार्यान्वयनमा नेपाली कांग्रेस तयार भए पनि सत्ता गठबन्धनभित्रकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी स,म्झौतामा उल्लेख भएका विषय परिमार्जन नगरि कार्यान्वन गर्न नहुने पक्षमा छन् । नेपाल समाचार बाट


Last Updated on: September 3rd, 2021 at 4:17 pm
७०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया