शनिबार ०८ माघ २०७८

काठमाडौं । सानै उमेरमा ब्ल`ड क्या`न्सर रो`गले पी`डित एक बर्षिय बालकको लागि सर्वत्र प`हल गरिएको छ ।

दोलखा मेलुङ गाउँपालिका स्थायी घर भएका सरोज खड्का र जानुका थापाका १ बर्षिय छोरा सजन खड्कालाई सानै उमेरमा ब्ल`ड क्या`न्सरको संक्र`मण देखिएको छ ।

बिरामीको उपचारका लागि २२ देखि २५ लाख सम्म खर्च हुने देखिएपछि उपचार गर्न कठिनाई भएपछि परिवार तथा मेलुङ गाउँपालिकाले नै सहयोगको लागि अपिल गरिरहेको छ ।

गाउँपालिकाले विज्ञप्ती नै निकालेर सहयोगको अपिल गरेपनि पर्याप्त सहयोग भने उठ्न सकेको छैन । बाललको हाल कान्तिवाल अस्पतालमा उपचार भइरहेको र हालसम्मको उपचार खर्चका लागि ……… घर भएका मिलन खड्काको

पहलमा ५ लाख भन्दा बढी आर्थिक सहयोग जुटाएर उपचार भइरहेको तर आगामी दिनमा उपचारका लागि थप ठूलो रकम खर्च हुने भएपछी परिवारले सहयोगका लागि अपिल गरेको छ ।

सहयोग गर्न चाहनेले बालकका पिता सरोज खड्काको सानिमा बैंकको खाता नम्बर ००१०११०५०००१८५८ मा जम्मा गराउन सक्नेछन् । साथै उनलाई ९८४३५३०१६८ मा पनि सम्पर्क गरी प्रत्यक्ष भेटेर पनि सहयाेग उपलब्ध गराउन सकिन्छ । गोर्खाली खबर बाट


Last Updated on: September 4th, 2021 at 8:49 am
३६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया