शनिबार ०८ माघ २०७८

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दु’र्घटना परि एकजनाको मृ’त्यु भएको छ ।१० जना घा’इते भएका छन ।

काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस आज सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

११ जना सभार रहेको हाईसमा दुर्घटनामा परि एक जनाको मृ’त्यु भएको छ। अन्य १० जना घाइते भएका हुन १० जना मध्ये गम्भिर घा’ईते ३ जना लाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ।

७ जनाको प्राथामिक स्वास्थ्य चौकी ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो ।

घा’इते चालक सुदन रायमाझी र सहचालक धारापानीका टेकराज बन्जाडेको र अन्य १ जनाको अवस्था सामान्य रहेको जनाईएको छ ।
साभार- इमेज खबर


Last Updated on: September 4th, 2021 at 9:05 am
३६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया