बुधबार ०५ माघ २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेत्री रामकुमारी झाँक्रीले वागमती प्रदश र प्रदेश १ का मुख्यमन्त्रीले आफ्नो पार्टी रोजेको खण्डमा उनीहरुलाई सरकारमा रहन सहयोग गर्ने बताएकी छन् ।

शनिबार विराटनगर पुगेकी झाँक्रीले सञ्चारकर्मीसँग कुरागर्दै बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले एमाले छाडेर समावबादीमा आए उनीहरुको सरकार टिकाउन विश्वासको मत जुटाउने बताइन् ।

यसअघि माधब नेपाल समूहलाई साथ दिँदै आएका शाक्य र आचार्यले नेपालले नयाँ पार्टी स्थापना गर्नासाथ नेपालको साथ छाडेर मुख्यमन्त्री बनेका थिए ।

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेसँगै यी दुई मुख्यमन्त्रीको पद धरापमा परेको छ । पद जोगाउन उनीहरुलाई नेकपा (एकीकृत समाजवादी) पार्टीको समेत समर्थन चाहिने स्थिति छ ।

निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल छान्न पाउने मिति भदौ २२ गतेसम्म समय सीमा तोकेको छ । त्यसैले मुख्यमन्त्रीद्वय आचार्य र शाक्यले नेकपा (एस) मा आवद्ध भएको खण्डमा नयाँ पार्टीले सरकार टिकाउनलाई विश्वासको मत जुटाउने झाँक्रीले बताएकी हुन् ।

‘भदौ २२ गतेसम्म दल छान्ने अधिकार उहाँहरुलाई छ ।’ उहाँहरु आउनुभयो विश्वासको मत दिलाउन हामी अखट्ने छौं । एमालेमै फर्किएको अवस्थामा विश्वासको मत दिन सकिन्न,’ भाँक्रीले भनिन् । प्रदेश १ का मुख्यमन्त्री आचार्य यसअघि नै आफू एमालेमा आवद्ध भइसकेको बताउँदै आएका छन् ।

शाक्यले अहिलेसम्म आफूलाई कुन पार्टीमा रहने भन्ने निर्णय गरिसकेकी छैनन् । उनले आफु नेकपा एमालेका अध्यक्षक केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल दुवैको समर्थनमा मुख्यमन्त्री बनेको बताएँदै आएकी छन् । झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी वै,कल्पिक मुख्य शक्तिका रूपमा स्थापित भएर छाड्ने दावी पनि गरिन् । दैनिक न्युज नेपाल बाट


Last Updated on: September 4th, 2021 at 3:13 pm
२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया