बुधबार ०५ माघ २०७८

काठमाडौँ १९ भदौ। नेकपा (एमाले)का उपाध्यक्ष डा. भीम रावलले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई कुर्सीमा बस्ने कुनै अधिकार नभएको बताएका छन् ।

गृहजिल्ला अछाम पुगेका रावलले कार्यकर्ताहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यो सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको बताएका हुन् ।

५० दिनसम्म सरकार विस्तार नगर्ने यो सरकार अयोग्यता भएको भन्दै यो सरकारका गतिविधि स्वाभिमानी कुनै देशभक्त नागरिकलाई मान्य नहुँने समेत बताएका छन् ।

तुइन घटनाबारे भारतसँग सत्थ तथ्य खोज्न नसक्ने यो सरकारले जनताको प्रतिनिधित्व नगर्ने समेत आरोप लगाएका छन् ।
साभार-ओएसनेपाल


Last Updated on: September 5th, 2021 at 8:09 am
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया