बुधबार ०५ माघ २०७८

आईतबार बिहान बाढीले बगाएर बेपत्ता बालिका मृ’त फेला परेकी छिन्। ७ बजे बिहान स्थानीय भालुखोलामा एक्कासी आएको बाढीले

अटो रिक्सासहित बगाएर बेपत्ता भएकी त्रियुगा नगरपालिका ७ चुहाडेकी १३ वर्षीया याशिका राईलाई प्रहरीले भर्खरै मृ’त अवस्थामा फेला पारेको जनाएको छ।    

स्थानीय यमकुमार राईकी छोरी यशिका खोलाछेउमा फसेको १ नं. प्रदेश ०५–००१ ह ०१२७ नं. को अटो झिक्न भनेर घर परिवारका सदस्यसँगै गएकी थिईन्। अटो झिक्दै गर्दा एक्कासी उर्लेर आएको बाढीले अटोसहित उनलाई बगाएको थियो।

बाढीले परिवारका ३ जना सदस्यलाई अटोसहित एकैचोटी बगाएकोमा दुईजना निस्कन सफल भएका थिए भने अटो ५ सय मिटर तल फेला परेको थियो। उनी भने बेपत्ता भएकाले प्रहरीले खोजी कार्य थालेको थियो।  

खोजीका लागि परिचालित जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी कमाण्डको टोलीले साढे ८ बजे उनलाई मृत अवस्थामा फेला पारेको जनाएको छ।

घ’ट्नास्थलभन्दा ८ किलोमिट दक्षिण त्रियुगा नगरपालिका ९ गहिरुनस्थित त्रियुगा खोलामा जमेको पानीमा उनको श’व तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।प्रहरीले श’व आफन्तलाई जिम्मा दिइसकेको जनाएको छ।
साभार- नागरिक दैनिक


Last Updated on: September 5th, 2021 at 2:33 pm
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया