बुधबार १२ माघ २०७८

२० भदौ, काठमाडौं । ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झ’गडा भएको छ ।

कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कु’टाकु’टमा परिणत भएको प्रहरी स्रोतले बतायो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले विवाद साम्य भइसकेको अनलाइनखबरलाई बताए ।

‘आन्तरिक समस्या हो, अहिले साम्य भइसकेको छ’ उनले भने, ‘गुनासोहरुलाई लिखितरुपमा बुझाउन भनेका छौं ।’

अहिले कारागारमा कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको छ ।
साभार-अनलाइन खबर


Last Updated on: September 5th, 2021 at 3:18 pm
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया