सोमबार १० माघ २०७८

उदयपुर: उदयपुरमा खोलाले बगाएर आइतबार एक बालिकाको मृ’त्यु भएको छ ।

आइतबार स्थानीय भालु खोलाले बगाएर त्रियुगा नगरपालिका ७ की १३ वर्षीया बालिका यसिका राईको मृ’त्यु भएको हो ।

परिवारजन र स्थानीयहरुका अनुसार प्र. १–०५–००१. ह. ०१२७ नम्बरको आफ्नै अटो निकाल्न घरपरिवार सँगै निस्किँदै गर्दा राईलाई खोलाले बगाएको थियो ।

बीच भागमा पुगेपछि एक्कासी माथिबाट आएको बाढीले बगाउँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

खोलाले बगाएपछि वेपत्ता भएकी बालिकालाई प्रहरी र स्थानीयको टोलीले ८ किलोमिटर दक्षिण त्रियुगा नपा ९ स्थित त्रियुगा खोलामा मृ’त अवश्थामा फेला परेको उनले बताए ।

उनका अनुसार अटो बगाएको स्थानदेखि ५ सय मिटर तल फेला परेको थियो 
साभार- अन्नपूर्ण पोस्ट


Last Updated on: September 6th, 2021 at 5:38 am
३७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया