शनिबार ०८ माघ २०७८

नवलपरासीको रामग्राम नगरपालिका वडा ८ का बाढी प्रभावित घरपरिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ ।

नेपाली कांग्रेस वडा ८ कार्यसमितिले आफनो वडाका २ सय बढि पिडित घरधुरीलाई खाद्यान्न वितरण गरेको छ ।

नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि एवं रामग्राम नगरपालिका वडा ८ का वडा अध्यक्ष समाजसेवी महेन्द्र ठाकुरले आफनो व्यक्तिगत लगानीमा सहयोग प्रदान गरेको खाद्यान्न कांग्रेस वडा कार्यसमिति मार्फत वितरण गरिएको हो । रामग्राम नगरपालिकाबाट प्राप्त राहत अपुग भएकाले

तत्काल पिडितहरुलाई राहत पुगोस भनि वडा अध्यक्ष ठाकुरले आफनो लगानीमा काग्रेस वडा कार्यसमिति मार्फत प्रति परिवारलाई १० किलो चालम वितरण गराउनु भएको हो ।

उक्त वडाका २२० घरपरिवारलाई कुल २२ क्वीन्टल चामल वितरण गरिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिनु भयो ।

रामग्राममा आएको भिषण बाढीले वडाका ८का दुई सय घरधुरी डुबानमा परेको थियो । जसमा १० कच्ची घर पुर्ण रुपले भत्केको छ भने २० घरमा आंशिक क्षति भएको र अरु बाकी घरहरु डुबानमा परि खाद्यान्न, कपडालत्ता, ओछयान र खाट लगातका सामाग्रीहरु विभजेर हजारांैका क्षति भएको थियो ।

साभार- नेपाल समाचार


Last Updated on: September 6th, 2021 at 7:47 am
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया